यसरी घरमै सजिलो तरिकाले हटाउन सकिन्छ कपालको चाया

0
66

कपालमा चाया पर्नु आममानिसको एउटै समस्याजस्तै भएको छ।उक्त समस्याबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुनेगर्छन्। महिलाको कपाल लामो हुने भएकाले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनेगर्छन्।तर समस्या र समाधानको उपाय भने एउटै हुन्छ।जाडोभन्दा वर्षात्को समयमा चायाले बढी दु:ख दिने गर्छ। वर्षात्मा फोहोर पानीले कपाल भिझ्ने हुँदा छालामा व्यक्टेरिया उत्पन्न हुन्छन्।यस्ता व्यक्टेरियाले छालामा विभिन्न समस्या निम्त्याउँछन्।जसका कारण कपालमा चाया पर्ने मात्र नभइ भएको कपाल पनि झरेर जान्छ।

त्यसैले वर्षात्मा बाहिर जानै परे छाता वा पानी छेक्ने सामग्री बोक्नुपर्छ।भिजेको कपाललाई राम्रोसँग सुक्न दिएर कोर्नुपर्छ। साबुन वा स्याम्पु राम्ररी पखाल्नुपर्छ।प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनुपर्छ। सन्तुलित आहारविहारशैली अपनाउनुपर्छ।यति गर्दा पनि चाया पर्न रोकिएन भने घरेलु विधि प्रयोग गर्न सकिन्छ।चाया हटाउने घरेलु विधि=एलोबेरा जेल=एलोबेराको प्रयोग गरी चाया हटाउन सकिन्छ। यसले छाला चिलाउने, कपाल झर्ने समस्याबाट मुक्ति दिन्छ।एलोबेराको जेल कपालको जराजरामा ३० मिनेटसम्म लगाएर नुहाउँदा कपालको चाया जान्छ।कपाल झर्नबाट पनि बच्छ।

तोरीको तेल=हप्तामा तोरीको तेल कपाल मालिस गर्दा कपाल झर्ने र चिलाउने समस्या हट्छ।यस्तै, बदामको तेलमा अमलाको तेल मिसाएर चाया परेको भागमा लगाउँदा चाया हटेर जान्छ।यसले कपालमा हुने इन्फेक्सनबाट पनि बचाउँछ।नीम=चाया हटाउने अर्को विधि हो नीम।नीमको पातबाट बनाएको पेष्टमा कागतीको रस र अलिकति बेसार राखेर कपालमा लगाउँदा चाया जान्छ।दही=एक चम्चा दहीको प्रयोगबाट छालाजन्य रोग हटाउन सकिन्छ।बेसारमा मह मिलाएर चिलाएको ठाउँमा लगाउँदा छिटो आराम मिल्छ।बेसार=बेसारमा मह मिसाएर बनाएको पेस्ट चाया वा चिलाएको भागमा लगाउँदा छिटो आराम मिल्छ।शरीरको अन्य चिलाएको भागमा उक्त पेस्ट लगाउँदा राहत मिल्छ।

यो पनि :
दहीले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासा यनिक पदार्थका कारण यो छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हा नि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् । एलर्जी:जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् ।

दही खाँदा समस्या चर्किन्छ । तत्कालै नसुत्नुस्द ही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।राति नखानुस्राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् । अमिलो दही नखानुस् धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसि डटी वा पेटको खराबी हुन सक्छ ।

नतताउनुस्:दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् । दमको रोगीले नखानुस्:तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ । मासुसँग नखानुस्:मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :कम इम्युनिटी:रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ । मोटोपन:मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । मधुमेह:मधुमेहका रोगी महिलाको योनिमा यीस्ट सं क्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

यो पनि :श्रीकृष्ण र राधाको प्रेम किन विवाहमा परिणत हुन सकेन, यी हुन् ४ कारण:जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला भगवान् श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ ।कसैको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन त ?आज हामी तपाईलाई श्रीकृष्ण र राधाको प्रेम किन विवाहमा परिणत हुन सकेन भन्ने बारेमा जानकारी गराउँदै छौ ।यी हुन् ४ कारण:

१. राधाको इन्कार:यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।

२. समाजका कारण:भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।

३. श्राप:व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो । जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।

४. प्रेम र विवाह दुई फरक कुरा:भनिन्छ, भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम र विवाह फरक कुरा हुन् । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here