लागु औषध बोकेर बाइकमा हिड्ने यी व्यक्ति परे प्रहरीको फन्दामा

0
62

काठमाडौं ५ माघ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाबाट ब्राउन सुगरको स्थानिय डिलर संचालक सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक घर भएका देवेन्द्र राई, गौरादह बस्ने लक्ष्मण दास र राम शाह रहेका छन् ।

२ ग्राम ब्राउन सुगर सहित ३२ वर्षीय देवेन्द्रलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । उनको बयानका आधारमा गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई आइतबार साँझ मे ७प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २३ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर समेत प्रहरीले बरामत गरेको छ ।
उनीहरुमाथि अहिले थप कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here