सुत्केरी बोकेको एम्बुलेन्स र अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृ,त्यु

0
30

दमक, ५ माघ – झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृ,त्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृ,त्यु भएको हो ।

बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृ,त्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here