काठमाडौं ५ माघ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्षअ नेता डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपालमा अझै पनि सत्ताको मोह भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आज नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझ सम्म पनि पार्टीबाट निस्कासन गर्न नसक्नुमा आफुलाई प्रचण्ड- नेपाल माथि शंका लागेको भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘आफ्नो कित्ता क्लियर गर्न किन प्रचण्ड- नेपालले ओलीलाई पार्टीबाट निस्कासन गर्नुहुन्न’? नेता भट्टराईले भने ।
के प्रचण्ड नोपल अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्दै नेता भट्टराईले आफ्नो पार्टी र कांग्रेसलाई शंका लागेको पनि बताएका छन् ।