रामजी ज्ञवालीको निर्देशनमा ‘एक लभर’ सार्वजनिक

0
34

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ । लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो ।नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ ।

रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ । चलचित्रमा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, चलचित्रलाई निर्देशक ज्ञवालीले सुखद् अन्त्य गरिदिएका छन् ।प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुग्छे, त्यसपछि उसले नेपालका प्रेमीलाई एकाएक छोडिदिन्छे । तर, एक वर्षपछि जब ती युवती नेपाल फर्किएर पुराना प्रेमी खोज्दै आउँछे, त्यसबेला पहिलाका प्रेमीले बिहे गरेर अर्कै जिवन बाँचिरहेका हुन्छन् ।

निर्देशक ज्ञवालीका अनुसार यस्तो खालको घटना नेपाली समाजमा निरन्तर घटिरहेको छ । त्यसैलाई आधार मानेर चलचित्र निर्माण गरिएको हो । चलचित्र निर्माणका लागि निर्माता दुर्गा प्रसाद ज्ञवालीले १० लाख लगानी गरेका छन् । उनले भने, ‘हामीले सुनेको तर देख्न नपाएका यस्ता धेरै पात्र छन्, जसले कुनै न कुनै सन्देश दिन्छन् ।’एक महिनाको लामो समयमा खिचिएको चलचित्र त्यसको ३ महिना पछि वर्ल्ड प्रिमियर गरिएको हो ।निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here