मनीषाको र करिश्माको एकै बिचार राजा राख्‍नुपर्छः तपाँईहरुको बिचार के छ नि ?

0
66

काठमाडौं : चर्चित अभिनेत्री करिश्मा मानन्धरले अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता दिक्क भएको बताएकी छन्। पुस ५ मा संसद् विघटनसँगै देशमा सुरु भएको राजनीतिक अस्थिरता र सत्ताको तानातान देखेर करिश्माले चिन्ता जनाएकी हुन्।

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर करिश्माले बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरेकी छन्। उनले बुधबार सार्वजनिक गरेका तीनवटा धारणाले उनी अहिलेको राजनीतिक अस्थिरतालाई लिएर चिन्तित रहेको देखाएका छन्।

मनीषा कोइरालाको प्रश्‍न : के यो नेपाली जनताकै सरकार हो?
उनले अहिलेको बहुदलीय प्रणालीबाट जनता पनि दिक्क भइसककेको आशयको धारणा व्यक्त गरेकी छन्। ‘धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन’, डा. बाबुराम भट्टराईले गठन गरेको नयाँशक्ति पार्टीकी पूर्व नेतृसमेत रहेकी उनले भनेकी छन्, ‘दुई विचार काम छ । राजा राख्‍ने । दुई विचारले नेपाल चलाउने।’

देशलाई माया गर्नेहरू एकै ठाउँ उभिने बेला आयो : मनीषा कोइराला
पछिल्लो राजनीतिक अवस्था देखेर दिक्क भएकी उनले खुलेरै राजाको वकालत गरेकी हुन्। अर्की अभिनेत्री मनीषा कोइराला पनि पछिल्लो समय राजावादी लाइनमा उभिएकी छन्। गत पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मनीषाले सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी थिइन्। उनले त्यसक्रममा राजसंस्थाको योगदान देश र जनताले भुल्न नहुनेमा जोड दिएकी थिइन्। समाचार /farakdhar.com/ बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here