वास्तुका अनुसार यदी कुनै महिलाले कुनै खास चीज कोठामा राख्दा शुभ हुन्छ |

0
50

गर्भवती महिलाले स्वास्थ्यको निकै ख्याल राख्नु पर्ने हुन्छ। जसमध्ये वास्तुमा बताइएका केही बस्नु उनीहरुका लागि बरदान बन्न सक्छन्।वास्तुका अनुसार यदी कुनै महिलाले कुनै खास चीज कोठामा राख्दा महिला र बच्चा दुबैको स्वास्थ्यमा राम्रो असर पर्ने र बच्चा गुणवान हुने गर्दछन्।

मयूरको प्वाख:मयूरको प्वाख कृष्णसँग सम्बन्धीत हुने गर्दछ। त्यसैले यसलाई घरको मन्दिर वा गर्भवती महिलाले कोठामा राख्दा आमा र बच्चाका लागि निकै राम्रो मानिन्छ।पहेलो चामल:पहेलो चामलले शुभ शंकेत बताउने गर्दछ। त्यसैले गर्भवती महिलाले कोठामा पहेलो चामल राख्दा आमा र बच्चामा कुनै किसिमको नकारात्मक उर्जा नपर्ने शास्त्रमा उल्लेख छ।

भगवान कृष्ण र देवी यशोदाको तस्वीर:गर्भवती महिलाले कोठामा भगवान कृष्ण र देवी यशोदाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसरी लगाएको तस्वीर विहान उठ्ने वित्तिकै देखियो भने सकारात्मक उर्जा प्राप्त हुने धार्मीक विश्वास छ।

गुलाबी रंगको तस्वीर:गुलाबी रंग खुसी र आनन्दको प्रतिक मानिने गरिन्छ। त्यसैले गर्भवती महिलाले आफ्नो कोठामा यस रंगको ठूलो तस्वीर वा शो पिस राख्नु राम्रो मानिन्छ।हाँसिरहेको बच्चाको तस्वीर:गर्भवती महिलाले कोठामा हाँसिरहेको वा मुस्कुराइ रहेको बच्चाको तस्वीर लगाउनु शुभ मानिन्छ। यसो गर्दा बच्चा शान्त र हंसमुख स्वभावको हुने धार्मीक विश्वास छ।

यो पनि :शास्त्रका अनुसार रातको समयमा भुलेर पनि गर्न नहुने यी यी ५ काम :आधुनिक समाज तीब्रगतिमा चलिरहेको छ । आधुनिक समाजमा नकारात्मक सोचले बढी प्रभाव पारेको देखिन्छ । रातको समयमा गर्न नहुने यी पाँच काम यस्ता छन् । जसले जीवनमा खुशी ल्याउन मद्दत पुग्दछ ।कपाल खोलेर नसुत्नु:रातिको समयमा सुत्दाखेरि कपाल खोलेर सुत्न नहुने मान्यता छ ।

शास्त्रका अनुसार कपाल खोलेर सुत्दा इर्द–गिर्द नकारात्मक उर्जा एकत्रित हुने गर्दछ जसले जीवनमा हानी पु-याउँछ ।रातिको समयमा चौबाटोमा नहिँड्नु,रातिको समयमा सडक चौबाटोमा कहिल्यै हिँड्नु हुँदैन । रातिको समयमा चौबाटोमा नकारात्मक उर्जा रहने कारण चौबाटोमा हिँड्न खतरा हुने गर्दछ ।

खराब छवि भएकासँग राति नभेट्नु:रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्दा आफ्नो ब्यक्तित्वमा खराब असर पर्ने गर्छ ।राति घाटमा जान नहुने,रातिको समयमा मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने गर्छन् ।

जसले तपाइँको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।रातिको समयमा नुहाउन नहुने:रातिको समयमा नुहाएर सुत्न नहुने कथन छ किनकी रातिको समयमा सक्रिय नकारात्मक प्रभाव तपाइँप्रति आकर्षित हुन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here