गीतकार समाजसेवी प्रतिमा गुरुङ”सम्मानित

0
187

गीत लेखन र सामाजसेवा”मा डेढ दशकदेखि योगदान दिएकी गीतकार तथा समाजसेवी प्रतिमा गुरुङ राष्ट्रिय गीतकार श्रष्टा संम्मान बाट सम्मानित हुनु भएको छ ।

गीतकार समाजसेवी प्रतिमा गुरुङ”ले सातौं नेशनल क्यापिटल अवार्ड-२०७७ मा गीतकार श्रष्टा सम्मान पाउनु भएको हो । गुरुङ परदेश फ्रान्समा बसेर पनि नेपाली गीत संगीतलाई माया गरी आफ्नो रचना मार्फत गीत संगीत कला क्षेत्रमा योगादन दिंदै आउनु भएको छ भने” पिडामा परेका गरीब दिन दुखिहरुलाई आर्थिक सहयोग गरेर समाजसेवा पनि गर्दै आउनु भएको छ ।

गीतकार गुरुङ’लाई गत माघ ११ गते सोमबार सूचना,सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङको हातबाट राष्ट्रिय गीतकार श्रष्टा सम्मान प्रदान गरिएको थियो ।

मन्त्री गुरुङले सम्मान कार्यक्रममा गीतकार प्रतिमा गुरुङ द्वारा रचना बद्ध गीतहरुको तारिफ गर्दै शुभकामना दिएका थिए । उक्त सम्मान पत्र भने गीतकार प्रतिमा गुरुङ’की बहिनी एल्जल श्रेष्ठ’ले ग्रहण गरेकी थिइन्।

क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा विभिन्न विधामा गायक-गायिका, सर्जक, साहित्यकार, पत्रकार, मोडेल लगायतलाई अवार्ड प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here