कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ

0
54

प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काको नेतृत्वको टोलीले काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

खड्काका अनुसार उनीहरूले विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चोरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएको छ ।

डिएसपी बोहोराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएको छ ।

वरिष्ठ अधिवक्ता स्वागत नेपाल भन्छन् : सं‌सदीय व्यवस्थामा जो आएपनि मलमुत्रको लागि झुम्मिने कुकरहरुको संख्या बढ्ने हो ? हेर्नुहोस् पूरा भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here