मोरङकी निकिता भइन् मिस नेपाल

0
674

आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पारेर मोरङकी निकिता चन्दकले मिस नेपाल–०१७ को उपाधि जितेकी छिन् । राजधानीमा शुक्रबार अबेर राति सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष विजेता निकितालाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिराइदिइन् । प्रतियोगितामा फस्र्ट रनर अप रोजिना श्रेष्ठ मिस नेपाल अर्थ, सेकेन्ड रनर अप नीति शाह मिस नेपाल इन्टरनेसनल र सहारा बस्नेतले मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि प्राप्त गरे ।

निकिता २२औँ मिस नेपाल हुन् । उनी आगामी मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् । द हिडेन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आइरहेको मिस नेपाललाई नारी सौन्दर्यसम्बन्धी सबैभन्दा ठूलो प्र्रतियोगिता मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here