फिलिपिन्सको राजधानी मनिलामा रहेको एउटा होटेलको क्यासिनो कक्षमा एक बन्दुकधारीले आगो लगाउँदा ३६ जनाको मृत्यु भएको छ । आगलागीमा अन्य दर्जनौँ घाइते भएका छन् । आगलागीमा आक्रमणकारी पनि मारिएका छन् । होटेलमा आगो लगाएपछि आक्रमणकारीले आत्महत्या गरेका थिए । आगजनीको पाँच घन्टापछि आक्रमणकारी स्वयंले आत्मदाह गरेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीका साथबाट प्रहरीले एम चार राइफल र पेट्रोल बरामद गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सका सुरक्षा अधिकारीले यो घटना आतंककारीले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन् । ‘आगलागीपछि क्यासिनोको दोस्रो तलाको भित्री भाग र आराम कक्षमा शवहरू डढेको अवस्थामा भेटिएका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताए । सो होटेललाई प्रहरीले कडा निगरानीमा राखेको छ, उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिहरूको पहिचान भइसकेको उनले बताए ।