पेरिस सम्झौताबाट अमेरिका अलग

0
663

ट्रम्पको निर्णयप्रति संयुक्त राष्ट्रसंघ, युरोपेली आयोग, बेलायत, फ्रान्सलगायतको विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पेरिस सम्झौताबाट अलग भएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको अगुवाइमा सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताबाट अलग भएको शुक्रबार घोषणा गरेका हुन् । सम्झौता अमेरिकी हितमा नभएको र त्यसबाट अमेरिकीहरूको रोजगारी कटौती हुने भन्दै त्यसबाट बाहिरिएको टम्पले बताए ।

अमेरिकी हितका लागि अलग
सम्झौताले आर्थिक रूपमा अमेरिकालाई टाट पल्टाउने ट्रम्पको दाबी छ । ‘अमेरिका र अमेरिकी नागरिको रक्षाका लागि’ गम्भीरतापूर्वक सो निर्णय लिइएको टम्पले बताएका छन् । तर, विपक्षीहरूले ट्रम्प जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट भागेको आरोप लगाएका छन् । डेढ वर्षअघि पेरिसमा भएको विश्व सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति ट्रम्पले अर्को नयाँ सम्झौताको तयारी गरेको बताएका छन्, तर त्यसबारे पूर्ण विवरण खुलाएका छैनन् । सम्झौता अमेरिकाका लागि सजाय भएको उनले बताए । ‘म पिट्सवर्गका नागरिकको प्रतिनिधित्व गर्दै निर्वाचित भएको हुँ, पेरिसको प्रतिनिधित्व गर्दिनँ,’ ट्रम्पले ह्वाईट हाउसमा आयोजित एक कार्यक्रममा भने । अमेरिका सम्झौताबाट कहिले अलग हुन्छ भन्नेबारे भने केही खुलाएका छैनन् ।

विश्व समुदायको आलोचना
राष्ट्रपति ट्रम्पको घोषणाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । जर्मन चान्सलर एन्जिला मर्केलले ट्रम्पको निर्णय खेदपूर्ण भएको बताइन् । अमेरिका अलग भए पनि अन्य मुलुकलाई सो सम्झौताको पक्षमा एकजुट हुनबाट कसैले नरोक्ने उनले बताइन् । सृष्टिका सम्पूर्ण प्राणीको रक्षाका लागि पेरिस सम्झौता आवश्यक रहेको उनले बताइन् । पेरिस सम्झौताले तय गरेको मार्ग स्थायी र अपरिहार्य भएको उनको भनाइ थियो । ‘हाम्रो पृथ्वीको भविष्यका लागि हामी सहयात्राको मार्गमा छौँ । धर्ती माताले पृथ्वीको रक्षाका लागि यस मार्गलाई निरन्तरता दिऊन्,’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here