सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ : अध्यक्ष प्रचण्ड।

0
296

बैशाख १८ काठमाण्डौ । आज बिश्वमजदुर दिवसको अवसरमा मंगलबार प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा यस्तो लेखिएको छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।’

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै उनले नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मई १ सन् १८८६ मा आठ घण्टाको काम, आठ घण्टा आरामको मागसहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्ष सफल भएको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवस अर्थात मजदुर दिवसको रुपमा मनाउने गर्दछन् ।
मजदुर दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ । स्रोत अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here