बैशाख १७ काठमाण्डौ । आज काठमाण्डौको राइजिङ मलमा एक कार्यक्रम गरी नेपाली चलचित्र राम कहानीको( तिम्रो लागि म छु) गीतको भिडियो सार्वजनीक गरियो । उक्त कार्यक्रममा कलाकार आकाश श्रेष्ठ, पुजा शर्मा ,शोभित बस्नेत, हाँस्य कलाकार केदार घिमिरे , नृत्य निर्देशक कविराज गहतराज , हाँस्य कलाकार दिपाश्री निरौला ,संगीतकार अर्जुन पोख्रेल तथा अन्य बरिष्ठ कलाकार हरुको उपस्थिति रहेको थियो ! नेपाली चलचित्र राम कहानी सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्र हो भने, उक्त चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा, केदार घिमिरे ,जितु नेपाल, विल्सन बिक्रम राइ, रबिन्द्र झा ,शिशिर राना ,राजाराम पौडेल ,सुनिता श्रेष्ट ठाकुर ,बिशाल पहारी ,लोक बिक्रम मल्ल ,शोभित बस्नेत ,लगायत कलाकारको भूमिका देख्न पाइन्छ । ,यस फिल्मको सिनेमाटोग्राफरमा सौरभ लामा तथा यस फिल्मको गीतमा संगीत अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत सुन्न पाइन्छ । फिल्मको गीत(तिम्रो लागि म छु) गीतमा सुगम पोख्रेल, अन्जु पन्तको आवाज सुन्न पाइन्छ । फिल्मको गीतको नृत्य निर्देशनमा कविराज गहतराज रहेका छन् , यस फिल्मको प्रोडक्सन म्यानेजरमा सुदिप ढकाल त्यसै गरि डिजाइनरमा पारु अधिकारि, फिल्म प्रोड्युसरमा पुजा शर्मा तथा सुदर्शन थापा , स्टोरी डाइरेक्टर मा सुदर्शन थापा रहेका छन् । तिम्रो लागि म छु गीतको प्रशंशा उक्ता कार्यक्रममा आएका बरिष्ठ कलाकारहरुले खुलेर प्रशंशा गरेका थिए,साथै उक्त गीतको छायांकन धुर्मुस सुन्तली फाउन्डेसन्ले बनाएको नमुना बस्तीमा छायांकन गरिएको थियो ।