हाँस्य कला क्षेत्रमा हाँस्य कलाकार राज भण्डारीको फड्को : भिडियो सहित ।

0
1156

नव हाँस्यकलाकार राज भण्डारी हाँस्य ब्यङ्ग कला क्षेत्रमा निकै जम्दै गएका कलाकार हुन् । उनि ”रिशानी माफ “टेलि फिल्म कान्तिपुर टेलिभिजन मा मंगलबार साझ ७ बजे प्रशारण हुने सिरियलमा पनि उनी अभिनय गर्दै आएका छन,भने उनका अभिनय हरु युट्युबमा एम्स टि भी नेपाल सर्च गरेर हेर्न सकिन्छ । उनलाइ आफ्नो क्यारेक्टर (धुपौरे नाम लठेप्रो) गाउले पाराको रोलमा देख्न सकिन्छ ।अहिले आएर उनको थेगो “आफु त सोझो मान्छे बिना कारण नै दुख पाइन्छ” भन्ने उनको थेगो दर्शकमाझ लोकप्रिय भईसकेको छ । धेरैले उनको थेगो लाई प्रयोग गरेको सामाजिक संजाल वाहवाह पाईसकेका छन् । उन्लाइ अहिले अन्य सिरियलमा पनि अफर आइरहेको बताउ छन।” गोलमाल ” दुइ जिब्रे र omg सिरियलमा पनि उनले अभिनय गरेका छन। उनी अहिले विभिन्न प्रोग्रामहरुमा ब्यस्त छन। उनलाइ यहाँ सम्म आउन हाँस्य कलाकार सुरेश थापा (दर्शने) को बिशेष हात रहेकोे बताउछन । हाँस्यकलार भण्डारी पाँचथर जिल्ला सराँङडाँडा पाच नाकेदिमका स्थायी बासिन्दा हुन । सामान्य परिवारमा जन्मेका भण्डारी नौ बर्ष वैदेशिक रोजगारमा पसिना बगाएर स्वदेश फर्किएर कलाकारीता क्षेत्रमा अघि बढेका कलाकार हुन् । हाँस्य कलाकार राज भण्डारीको अब आउँदै गरेको बिल्कुलै नयाँ कमेडीले भरि पूर्ण सिरीयल (बकम्फुसे) मेलोडी नेपालको प्रस्तुतिमा छिट्टैनै प्रसारण हुने र त्यस सीरियलमा उनको मुख्य बाउको भूमिका रहेको हाँस्य कलाकार राज भण्डारी बताउँ छन्, र बकम्फुसे सिरियललाई कलाकार सुके डन बिदुर पोखरेलले निर्देशन गरेका हुन् भने सह निर्देशन र ब्यबस्थापनमा हाँस्य कलाकार राज भण्डारी रहेका छन् साथै अब आफ्नै देशमा कलाकारिता क्षेत्रमा केही गर्ने लक्ष्यका साथ संघर्ष गरीरहेको हाँस्य कलाकार राज भण्डारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here