प्रधानमन्त्रि नरेन्द्र मोदी जनकपुर आउने : सुरक्षा ब्यबस्था सर्बेन्द्र खनालले मिलाउने ।

0
227

जनकपुर, १८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको क्रममा पहिला जनकपुर आउने भएका छन् ।उनी काठमाडौँ नआइकन हेलिकप्टरमार्फत सिधै जनकपुर पुग्नेछन् । उनलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी भएको बताइएको छ ।भारतीय प्रधानमन्त्री मोदीको टोली तीन वटा भारतीय वायुसेवाको हेलिकप्टरमा जनकपुर आउनेछन् ।

जानकी मन्दिरमा पुजा गरेपछि उक्त टोली मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्ने कार्यक्रम तय भएको छ । वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिकाअनुसार मुक्तिनाथमा पुजाआजा गरेपछि उनी काठमाडौं फर्कने बताइएको छ ।मोदीको सुरक्षा व्यबस्था मजबुत बनाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जनकपुर पुगिसकेका छन् । स्रोत OS NEPAL

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here