निशान घिमिरेको निर्देशमा हुबहु अनमोल जस्तै देखिने अभिषेक श्रेष्ठले देखाए करामत : भिडियो सहित।

0
1424

बैशाख १८ काठमाण्डौ । केही समय पहिला सामाजिक संजाल र युटुबमा चर्चा कमाएका अभिषेक श्रेष्ठ । नायक अनमोल केसी जस्तै देखिने युवा भनेर चर्चा ब्यापक नै भएको थियो । हुनपनि अभिषेक हेर्दा हुबहु अनमोल जस्तै देखिन्छन् । त्यसैले उनको चर्चा ब्यापक नै भएको थियो ।

उनै अभिषेकलाई भिडियो सम्पादनमा चर्चा कमाएका निर्देशक निशान घिमिरेले अहिले उनलाई आफ्नो निर्देशनमा (लाग्छ तिमि यहि छ्यौ) गीतको म्यूजिक भिडियो मार्फत मोडलिङमा तारेका छ। उनले, मोडलिङ गरेको गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।
पछिल्लो समय राम्राराम्रा गीतहरुमा आफ्नो अभिनय कलाले नेपाली गीत संगीत प्रेमी दर्शहरुको नजरमा पर्न सफल मोडेल श्रीष्टि खड्का नेपाली मोडलिङ क्षेत्रमा एक आश बोकेकी मोडेल र भविष्यमा आफ्नो छुट्टै पहिचान बन्न सक्ने भएको कारणनै मोडेल श्रीष्टि खड्कालाई आफ्नो निर्देशन रहेको म्युजिक भिडियोमा लीइएको बताउँछन् निर्देशक निशान घिमिरे ।

दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोलाई रोमान्टिक शैलीमा निर्देशक निशान घिमिरेले तयार पारेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि यो गीतको भिडियोमा दमदार जमेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here