विभिन्न रोगका लागि औषधिको माध्यम बनेको छ, साङ्ला

0
252

एजेन्सी । विभिन्न रोगका लागि औषधिको माध्यम बनेको छ, साङ्ला । घरहरुमा प्रशस्तै फेला पर्न साङ्ला चीनमा व्यवसायिक रुपमा पालन गर्न थालिएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ ।

वयस्क साङ्लाहरुलाई पिँधेर बनाइएको लेदोलाई परम्परागत औषधिको रुपमा बिक्रि गरिने बीबीसीले उल्लेख गरेको छ ।

साङ्लाको लेदो पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा प्रयोग गरिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here