नायिका पुर्णिमा लामाको हिरोज यहि बैशाख २८ मा ।

0
804

काठमाडौं । जय लक्ष्मी फिल्मस्को ब्यानरमा बनेको, राजनीति बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको कथामा आधारित चलचित्र ` हिरोज´ अब यहि बैशाख २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नायिका पुर्णिमा लामाको अभिनय तथा निर्माण रहेको चलचित्र‘हिरोज’ यहि साता २८ गतेबाट चलचित्र ` लम्फु´ संगै प्रदर्शनमा आउने भएको छ । चलचित्र लम्फुलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन ।

एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे चलचित्र ‘हिरोज’ को निर्मात्री पुर्णिमा लामा हुन् । एनवी महर्जनको निर्देशनमा बनेको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको निर्मातामा शेखर लामा, युवराज लामा र संजोग राणा समेत रहेका छन् ।

कमल राई, कविराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको यस चलचित्रलाई शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन । चलचित्रको बितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दै छन भने निर्मात्री पूर्णीमाको यस चलचित्र निर्मात्री डेब्यु रहेको । नायिका पूर्णिमा अभिनीत चलचित्र रेलिमाइ र नेप्टे दर्शकमाझ आइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here