बैशाख १९ काठमाडौँ- अभिनेत्री पूजा शर्माले निर्माण गरेको फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक भएको छ, सोमबार अभिनेत्री पूजालेआफ्नो जन्मदिनको अवसर पारेर राजधानीमा एक पत्रकार सम्मेलन गराउंदै नायिका पुजा तथा फिल्म निर्माण टिमले ‘तिम्रो लागि म छु’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ। अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको शब्द पनि संगीतकार अर्जुन पोख्रेल स्वयम् कै रहेको छ ।
म्युजिकल लव स्टोरी बनाउन माहिर निर्माता/निर्देशक सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा अभिनेत्री पूजा र सुदर्शनको लगानी रहेको छ। छायांकन गर्न केहि अंश मात्र बाकी रहेको फिल्म एक कमेडी लव स्टोरी रहेको जानकारी निर्देशक थापाले दिएका छन्। यहि भदौ २२ गतेबाट अल नेपाल प्रदर्शन हुन् लागेको चलचित्रमा पूजासँगै आकाश खड्का, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राई आदि कलाकारहरुको अभिनय रहेको छ।
भिडियो हेर्नुस :