देउवाले रोकेको भारतीय दुतावासको लगानी : ओलीले अघि बढाए।

0
491

बैशाख २० काठमाण्डौ । साना परियोजनामा भारतीय दूतावासको सीधै लगानी,
सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको समाचार नागरिक दैनिकले छापेको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए पनि वर्तमान सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न सहमति दिएको समाचारमा उल्लेख छ ।

‘साना अनुदान सम्झौता (स्मल ग्रान्ट एग्रिमेन्ट) को समयावधि थप तीन वर्ष बढाउने निर्णय भएको छ । सम्झौताको म्याद थप गर्ने प्रक्रिया सकियो । अब कार्यविधिमा काम भइरहेको छ,’ अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख केवलप्रसाद भण्डारीले नागरिक दैनिकसँग भनेका छन्, ‘सम्झौताअनुसार आयोजनाका लागि कसरी अनुरोध गर्ने, त्यसलाई कसरी स्वीकृति दिने र पैसा कसरी आयोजनासम्म पुर्‍याउने भन्नेमा छलफल चलिरहेको छ ।’

सरकारी अनुमतिसँगै अब काठमाडौंस्थित भारतीय दूतावासले पाँच करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न पाउने छ । यसअघि यो सम्झौताको म्याद सन् २०१७ अगस्ट पाँचमा सकिएको थियो । देउवा नेतृत्वको सरकारले देश नयाँ संरचनामा गएको जनाउँदै सम्झौताको म्याद थप नगर्ने निर्णय लिएको थियो ।
कांग्रेस महासमिति बैठकः तीन समूहका तीन तयारी
नेपाली कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् ।

आगामी भदौमा हुने भनिएको महासमिति बैठकमा कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह आ-आफ्नो तयारीमा छन् ।

नयाँ पत्रिकाका अनुसार रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षलाई गलाउने रणनीति लिएपछि सभापति देउवा पक्ष भने बहुमत शक्तिमा टेक्दै महासमितिलाई प्रक्रियामा टुंग्याउने दाउमा छ ।
सिटौला पक्ष भने फरक धार बनेर उदाउने दाउमा रहेको समाचारमा उल्लेख छ । स्रोत (अनलाइन खबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here