गायक तथा संचारकर्मी दिपु मगरको चर्चा बढ्दो ।

0
1400

बैशाख २० काठमाण्डौ । गायक तथा संचारकर्मी दिपु मगर रुपन्देहीमा रहेर पनि आफ्नो कलाले गर्दा कुनै चर्चित गायक भन्दा कम छैनन्। वास्तबमा उनि एक संचारकर्मी हुन, संचारकर्मी हुनुका साथसाथै उनि गायक पनि हुन् गायनलाई पनि संगै अगाडी बढाएका मगरले नेपालमा हुने मेला महोत्सवमा उनको उपस्थिति बाक्लो रहने गर्दछ। नेपालमा मात्र नभई भारतमा हुने सांगीतिक कार्यक्रममा पनि उनको सहभागिता रहने गरेको छ !
उनि एक राम्रो प्रस्तोता साथै सफल कार्यक्रम संचालक पनि हुन् ।
उनि रुपन्देहीमा स्थित रेडियो लुम्बिनीमा शुभ रात्रि कार्यक्रमका संचालक पनि हुन्, उनको शुभ रात्रि कार्यक्रम अत्यधिक चर्चित छ । साथै लुम्बिनी अंचलकै चर्चित टेलिभिजन लुम्बिनी टेलिभिजनमा पनि कार्यक्रम संचालकको रुपमा पनि कार्यरत छन् ।
उनि मान्छे एक प्रतिभा अनेक भएका व्यक्ति भन्दा फरक नपर्ला । २०७४ सालमा उनको तीज गीत (छुकछुके रेल) बोलको गीतले अत्यधिक चर्चा कमायो । उनको यो चर्चाले गर्दा चर्चा कमाउनका लागि राजधानीनै छिर्नु पर्छ भन्ने छैन भन्ने कुरालाई प्रस्ट पारेको छ ! गायक मगर भन्छन राम्रो काम गर्यो भने जहाँ बसेर पनि चर्चा कमाउन सकिन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here