“पत्रकारलाई लात्त हान्ने एसएसपी लोहनीलाइ, नाकको डाँडी भाचिने गरि हान्ने मन छ :पत्रकार रबि लामिछाने ।

0
818

बैशाख २१ काठमाण्डौ । काठमाडौं । यतिबेला साढे ३३ किलो सुन तस्करीको सामाचारले बजार तताएको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङमा बयान लिन सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिल कार्यालय मार्फत सो काण्डमा ६३ जना विरुद्ध सुन चोरी पैठारी निकासी, कर्तव्य ज्यान, अपहरण र संगठित अपराध अन्तर्गत संलग्नताका आधारमा बुधबार छुट्टा छुट्टै मुद्दा दर्ता गराएको थियो । पहिलो पटक अत्याधिक संख्यामा बहालवाला उच्च प्रहरी अधिकृतहरु विरुद्ध दर्ता गराइएको मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक बाहेक ८ जना बहालवाला प्रहरीहरु रहेका छन् ।

यसैबिच यसै सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ता प्रहार गरेका छन् । मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । उनले पत्रकार ध्रुव भट्टराई र सुमन सुस्केरामाथि हातपात गरेका हुन् । अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकार माथि जाईलागेका हुन् ।

जिल्ला सरकारी वकीलको कार्यालयले सोमबार जिल्ला अदालत मोरङमा ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परिसकेको भएपनि मुख्य प्रतिवादी गोरेसहितका ३४ जना अझैं फरार छन् ।

मोरङको उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’(मुख्य प्रतिवादी), प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी जवान विष्णुबहादुर खड्का, प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर, प्रहरी उपरीक्षक विकासराज खनाल र प्रहरी नायब उपरीक्षक प्रजित केसी प्रतिवादी रहेका छन् । यस्तै प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल पनि प्रतिवादीको सूचिमा छन् ।

यस्तै काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङ उर्लाबारी–४ का मोहन काफ्ले, मकवानपुर हटिया–४ का सुरेन्द्र गौतम , सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य, मोरङको उर्लाबारी–७ का नरेन्द्र कार्की, उर्लाबारी–४ का भविन तामाङ, उर्लाबारी २ का मदनप्रसाद घिमिरे, भारत मोतियारीका राजनकुमार, झापा गौरादह–८ का भोजराज भण्डारी, मेचीनगर–१३ का रुस्तम मियाँ, लाक्पा शेर्पा, सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर, सुनसरीको धरान–२ का कृष्ण बस्नेत, काठमाडौं–१६ का भुजुङ गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, काठमाडौं– नागर्जुन–४, शरणमपुरका छिरिङ वाङगेल घले पनि प्रतिवादी रहेका छन् ।

यस्तै सुनसरीको धरान–२ का सुनिलकुमार अग्रवाल झापाको शिवगञ्ज–१ का कृष्ण गोपाल अग्रवाल, काठमाडौं–३२ का राजेन्द्रकुमार शाक्य, उर्लाबारी–७ का रमेश उप्रेती, भारतको दार्जलिंगका महावीरप्रसाद गोल्यान अग्रवाल, काठमाडौंस्थित बाजेको सेकुवा कर्नरका चेतनाथ भण्डारी, काठमाडौको बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, सुनसरीको इटहरी– का वेनु श्रेष्ठ , काभ्रेको चलाल गणेशस्थान–६ का हरिशरण खड्कापनि प्रतिवादी रहेका छन् ।

यस्तै सिन्धुपाल्चोक लोगर्चे–७ का एलबी मगर भनिने लालबहादुर मगर, काठमाडौं–८ का वीरेन्द्रमान श्रेष्ठ, ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे, काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुर सूर्यविनायक–९,का दोराम खत्री, काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी, काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ, ललितपुरको कन्ज्योसोम–३ का पुन्यप्रसाद लामा तामाङ, काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम, काठमाडौं–१८ का राजु महर्जन, बागलुङको रेसा–४ का कमल कार्की, काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ, सिन्धुपाल्चोको जलजलेका शिवकुमार गुभाजु, सुनसरीको धरान–१ का सुनिल श्रेष्ठ, भोजपुर, दिङ्लाकी रक्षा भण्डारी, मोरङको साविक गोविन्दपुर–८ का अर्जुनप्रसाद खरेल, पर्वतको झोर्ले गाविस–१ का गुप्तलाल भुसाल, काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की, कास्कीको सािवक निर्मल पोखरी–८, का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी–५ का सञ्जय अधिकारी, बलेफी–५ कै समिर अधिकारी , धनकुटाकी गीता श्रेष्ठ, मोरङको उर्लाबारीकी अनर्वदा खरेल उप्रेती, मोरङको कानेपोखरी–४ का माधव आचार्य, मोरङको साविक गृगौलिया–२, का ओमप्रकाश नेवार, भक्तपुर सूर्यबिनायक–८का वर्षीय राजन थापा, काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल , मोरङको रतुवामाई–१ गोविन्दप्रसाद निरौला र बर्दिया घर भई काठमाडौं–१८ बस्दै आएका तुलाराम थारु प्रतिवादी रहेका छन् ।स्रोत नेपाली न्युज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here