गायक तथा निर्देशक सशान कंडेलको निर्देशनमा, शिक्षा मुलक गीत सार्वजनिक : भिडियो सहित ।

0
928

बैशाख २१ काठमाडौं । गायन संगसंगै म्युजिक भिडियो निर्देशनमा समेतचर्चा कमाउँदै आएका चर्चित गायक तथा म्यूजिक निर्देशक सशान कंडेलले आफ्नो निर्देशनमा तयार भएको बिल्कुलै नयाँ शिक्षा मुलक गीतको भिडियो सार्वजनिक गरेका छन् ।

बिगत लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रमा कयौं हिट गीत गाएर आफुलाई सफल गायक बनाएका सशानले दर्जनौ गीतको म्युजिक भिडियो पनि निर्देशन गरिसकेका छन भने गायन र निर्देशनमा समेत अब्बल कंडेलले हालै मात्र”सबै जना पढुन लेखून”बोलको शिक्षा सम्बन्धि गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा नेपालको निकै चर्चित तथा लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका पारु शाहीले आफ्नो सुमधुर स्वर दिएका छन् भने, गीतमा गोबिन्द राज बिनोदिको शब्द रचनामा संगीतकार बिशाल ढकालको संगीत रहेको छ ।

गीतको भावलाई निकै सहज र कलात्मक तरिका निर्देशन गरिएको यस गीतको भिडियोमा चर्चित कलाकार सिताराम कट्टेल “धुर्मुस”, निर्मल शर्मा “गैडा’,एलिशा राई,निराजन प्रधान,सुलेमान शंकर’इकु’,सर्वानी पान्डे लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । शिक्षा संबन्धित जनचेतना फैलाउने , शिक्षित हुन मानव जिवनमा धेरै आवश्यकता छ, अनि शिक्षा भनेको बच्चा देखि बृद्ध सम्म सबैको लागि अपरिहार्य छ भनि, जनचेतनामुलक भाव रहेकोे यस गीतलाई सुलभ आधिकारीले छायांकन गरेका छन भने, गीतमा निशान घिमिरेको सम्पादन रहेको छ । भिडियो हेरौं …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here