यातायात सेवा अवरुद्ध गर्नेलाई पक्राउ गर्न : गृहमन्त्रि रामबहादुर बादलको निर्देशन ।

0
177

काठमाडौं, २१ बैशाख । गृहमन्त्री रामबहादुर “बादल”ले सेवा अवरुद्ध गर्ने नेपालभरका यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात व्यवसायी समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालयको स्रोतले बताएको छ । सरकारले यातायात व्यवसायी समितिको सिण्डिकेट तोड्ने प्रयास थालेपछि यातायात व्यवसायीहरुले आज देशभर आफ्ना सवारीसाधन चलाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै गृहमन्त्री बादलले अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न पनि निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here