बलिबुड फिल्म रेस ३ रिलिज हुनु अघि फिल्मको उच्च माग ।

0
200

बैशाख २१ काठमाण्डौ । सलमान खानका हरेक वर्ष कुनै नकुनै ब्लकबस्टर फिल्म हुन्छन । यस वर्ष पनि सलमान ‘रेस–३’ लिएर आएका छन् । इदको अवसरमा रेस ३ हिट हुने पहिल्यै अड्कल गरिएको छ । रिलिज नहुँदै सलमानको यो फिल्मको माग निकै उच्च छ । यो फिल्मका लागि वितरकहरु लाइनमा छन् ।

स्रोतका अनुसार सलमानको टाइगर जिन्दा है ले स्वदेशी बक्स अफिसमा ३३९ करोड कमाएको थियो । यो बलिउडको तेस्रो सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो । फिल्म रेस ३ को धेरैजसो सुटिङ विदेशमा भएको छ । साथै फिल्ममा दमदार एक्सन सिन पनि छन् । रिपोर्टका अनुसार गएको महिनादेखि नै फिल्मका वितरकहरु निर्माता रमेश तौरानीको अफिसमा लाइनमा छन् ।

यो लाइनमा चार टप वितरकहरु फक्स स्टार स्टुडियो, रिलायन्स इन्टरटेनमेन्ट, यशराज फिल्मस र इरोस इन्टरनेशनल पनि छन् । मिडिया रिपोर्टका अनुसार इरोस इन्टरनेशनललले सलमान खान र निर्माता रमेश तौरानीसँग सबैभन्दा राम्रो अफर राखेका छन् ।

इरोसले फिल्मको लागि १९० करोडको अफर दिएको छ । यो फिल्मको वल्र्डवाइड राइट १६० करोड र चीनमा ३० करोडमा बिक्ने इरोसको अफर हो । केही दिनमै फिल्म कसलाई दिने भन्ने निर्णय हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here