बैशाख २१ काठमाण्डौ । गीतकार किरण के उप्रेती नेपालि गीत संगीतलाई एकदमै माया गर्ने गीतकार मध्येमा पर्द छन । -भद्रपुर ९ झापाका बासिन्दा बुवा:-स्व.ईन्द्र प्र.उप्रेती र अामा :-कृष्ण माया उप्रेती को कान्छो छोरा हुन ,गीतकार उप्रेती ।
उनि संगित क्षेत्रमा २०६० साल बाट आबद्ध छन् साथै उनले नेपाल अार्मी मा १० बर्ष सेवा गरे र बैदेशिक रोजगारिको सिलसिलामा ४बर्ष बहराईनमा सेक्युरिटि गार्डमा सेवा गरि हाल अाफ्नै ठाउमा बसेर गित संगितमा लागिरहेका गीतकार किरण के उप्रेती समय समयमा गीत संगीत सुन्ने नयाँनयाँ ठाउँ घुम्ने फुटबल खेल्ने गर्दछन् ।
गीतकार उप्रेतीको दुईइ दर्जन भन्दा बढी गीतहरु रेकोर्डिंग भईसकेका छन् भने ,एक दर्जन बढी गीत रेकोर्डिंगको तयारीमा रहेको गीतकार उप्रेती भनछन् ।
मलाइ सांगीतिक क्षेत्रमा ल्याउने मेरो प्रेरणा स्रोत गायक संगीतकार एरेन्जर पुस्कर सुनुवार हुनुन्छ।
अब केहि महिनामा मेरो एकल शब्दमा गायक संगीतकार एरेन्जर पुस्कर सुनुवारको एकल संगितमा कबिता सिबाकोटिको एल्बम चाडै रिलिजको तयारिमा रहेको जानकारी गीतकार स्वयम् करण के उप्रेतीले जानकारी गाराउँदै अबको बाकि जिवन गित संगितमै ब्यथित गर्ने पनि गीतकार उप्रेतीले सन्ध्या टिभिलाई बताए । गीतकार उप्रेतीलाई सन्ध्या टिभीको तर्फबाट सफलताको कामना ।