गायक सन्जिब बस्नेतले आफ्नी प्रेमिकालाई बुट्टे चोलीमा ल्याउने :भिडियो सहित ।

0
443

बैशाख २१ काठमाण्डौ । गायक सञ्जिव बस्नेत नेपाली गीत संगीत प्रेमी दर्शक तथा श्रोतामाझ ‘बुट्टे चोलीमा’ लिएर आएका छन् । उनले आफ्नो गीतको भिडियो यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

छोटो समयमै चर्चा बटुल्न सफल सञ्जिव विभिन्न मेला महोत्सवहरुमा ब्यस्त हुँदै आएका छन् । यसैबीच उनले ‘बुट्टे चोलीमा…’ ल्याएका हुन् ।
बिनोद बञ्जाराको शब्द र रमेश श्रेष्ठको संगीत रहेको यस गीतको भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका हुन् । यस भिडियोका लागि राजन शाहीले कोरियोग्राफी गरेको छन् ।

सोहन मानन्धरलको छायांकन तथा सम्पादन रहेको यस भिडियोमा सञ्जयराज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सञ्जिब बस्नेत तथा सुर्य चन्दकै अभिनय हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here