पूरै स्तन नफालिकन स्तन क्यान्सरकाे शल्याक्रिया गर्न सकिने

0
719

काठमाडौं : स्तनमा भएको क्यान्सर पूरै नफैलिएको अवस्थामा पूरै स्तन नफालिकन शल्याक्रिया गर्न सकिने डाक्टरले बताएका छन् ।

नेपाल क्यान्सर अस्पतालको पहलमा शनिबार स्तन क्यान्सरको उपचार गरिरहेका चिकित्सक तथा भर्खरै अध्ययन पूरा गरेका डाक्टरहलाई लक्षित गरी गरिएको तालिममा नेपाल क्यान्सर अस्पतालका ब्रेस्ट अनकोप्लाष्टिक सर्जन डाक्टर प्रफुल्ल शाक्यले
स्तन क्यान्सर भएको तर पूरै स्तनमा नफैलिएको अवस्थामा स्तनलाई बचाएर शल्यक्रिया गर्न सकिने जानकारी दिएका हुन् ।

ललितपुरको हरिशिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा एडभान्स ब्रेस्ट अनकोप्लास्टिक टेक्निक सम्बन्धी अन्तरक्रियात्मक तालिम भएको हो । बेलायतको लण्डनमा रहेको सेन्ट जर्ज विश्वविद्यालयका डाक्टर दिव्यश बेनर्जीले नेपाली चिकित्सकलाई ब्रेस्ट अनकोप्लाष्टिक प्रविधिबारे जानकारी दिएका छन् । डाक्टर बेनर्जी बे्रस्ट अनकोप्लाष्टिक सर्जरी ९स्तनको अनकोप्लाष्टिक शल्यक्रिया० का विशेषज्ञ हुन् ।

स्तनलाई नोक्सानी नपुग्ने अर्थात स्तन जोगाएर पनि क्यान्सरको शल्यक्रिया गर्न सकिने भएकाले तालिमको आयोजना गरिएको डाक्टर शाक्यले बताए । स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने गरी चिकित्सा विज्ञानमा विकास भएका नयाँ प्रविधिबारे यो क्षेत्रमा सक्रिय तथा नयाँ चिकित्सकहरुलाई तालिम दिइएको हो । स्तन क्यान्सरको उपचारमा विभिन्न विकल्प रहेको र त्यसबारे बिरामीलाई जानकारी गराउनु पर्ने र त्यो गर्दा कुन उपचार पद्धतिको कस्तो फाइदा छ भन्ने कुरा पनि खुलाउनु पर्ने डाक्टरको भनाई छ ।

स्तनमा गाँठा गुठी आएमा, स्तनबाट पानी र रगत आएमा, स्तन नजिक या स्तनको छालामा परिवर्तन आएमा स्तन क्यान्सर भएको हुनसक्छ । यी लक्ष्ण देखिए तुरुन्त समबन्धित डाक्टरसँग सल्लाह लिए पुरै स्तन काट्नुपर्ने अवस्थाबाट जोगिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here