गायिका सहिमा श्रेष्ठको आवाजमा चलचित्र ‘काले दाई’को टाइटल गीत (राइफलको सिरानी) सार्वजनिक : भिडियो सहित ।

0
472

बैशाख ३२ काठमाण्डौ । चलचित्र ‘काले दाई’को टाइटल गीतको भिडियो सार्वजनिक भए लगत्तै गीत (राइफलको सिरानि ) यतिबेला चर्चामा रहेको छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत सार्वजनिक भएको चलचित्र ‘काले दाइ’को टाइटल गीत ‘राइफलको सिरानी’ लाई गायक ध्रुव विस्को र गायिका सहिमा श्रेष्ठले स्वर दिएका छन् । सुमन बैरागीको शब्द र दीपक शर्माको सङ्गीत रहेको यो गीतले यूट्यूबममा सार्वजनिक भएको छोटो समयमा नै १ लाख ३० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

शिव शर्माको निर्देशनमा बनेको चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानीलाई नेपाली सेनाको ब्यारेकभित्र छायाँकन गरिएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here