मानवको खप्पर फेला पर्यो, उदयपुरमा : स्थानिय बासीहरु त्रसित ।

0
551

२४ वैशाख, उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव सयौं बर्ष पुरानो खप्पर फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव को शारीर समेतको खप्पर भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सो शरीर सहितको खप्पर डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम्रे ६) का ८८ वर्षीय अहिमान तामाङको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार तामाङ २०७३ कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।
घटनासथलमा भेटिएको लुगा र चप्पलबाट कंकाल हराइरहेका तामाङको हुनसक्ने उनका आफन्तले बताएको प्रहरीले जनाएको छ ।

महिलाहरु घाँस काट्न जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक चन्द्र राजवंशीको टोली घटनास्थल पुगेर कंकालको सर्जमिन मुचल्का उठाएर फर्केको छ । इन्सपेक्टर राजवंशीका अनुसार छोरा पदमबहादुरले चप्पल, टोपी र लुगा आफ्नै बाबुको भएको दावी गरेका छन् ।

परिवारका सदस्यले आफन्त दाबी गरे पनि कानुनी प्रक्रिया पूरा गर्न डीएनए परीक्षणका लागि कंकालको टुक्रा विधिविज्ञान प्रयोगशाला पठाइएको छ । स्रोत (अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here