चर्चित बलिबुड नायिका करिश्मा कपुर नेपालमा किन ?

0
423

काठमाडौँ – नेपालि २०७५ सालको सुरुवात संगै चर्चित बलिउड नायिका करिश्मा कपूर नेपाल आइपुगेकी छन् । उनी भारतबाट सोमबार बिहान नेपाल आइपुगेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा विशेष अतिथिका रुपमा करिष्मा नेपाल आएकी हुन् ।

करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजनै भारत फर्किने छिन् । बुझिए अनुसार करिष्माले शोरुमको उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् । केही दिन पहिले पनि करिश्मा नेपाली डिजाइनरद्धारा डिजाइन गरिएको ड्रेस लगाएर र्याम्पमा उत्रिएकी थिइन् ।

दिल्लीको इन्डिया गेटनजिक बिकानेर भवनमा भएको फेसन वीकमा नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित पहिरन लगाएर स्टेजमा जाँदा उनी र उनले लगाएको पहिरनको सबैले प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here