रेखा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘मालिका’ मा १४ बर्षीय कमला ओली मुख्य भूमिकामा।

0
580

काठमाडौँ- अभिनेत्री रेखा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘मालिका’को छायाङ्कन सुरु भएको छ ।
आज बिहान शुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट चलचित्र ‘मालिका’को छायाङ्कन सुरु गरिएको हो । राजधानीमा करिब दश दिनको छायाङ्कन पश्चात् चलचित्र टिम कोहलपुर र जाजरकोट छायाङ्कनको लागी जाने बताइएको छ ।

फिल्म रेखा सँगै नरबहादुर र जाजरकोटकी चौध वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । मालिकामा रेखा आफ्नै कथा र कन्सेप्ट रहेको छ ।

कात्तिक २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको छायाङ्कन रामशरण उप्रेतीले गर्नेछन्। चलचित्रमा सुरेश अधिकारीको सङ्गीत रहेको छ । मालिका यस अघि सम्झना उतिले निर्देशन गर्ने भनिएपनि उनले बिचमा आएर नर्गने भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here