राजधानीको ठमेल नर्सिङ्ग चोकमा : खुल्यो अत्याधुनिक जोमो लाउन्ज एण्ड बार ।

0
3346

बैशाख २५ काठमाण्डौ । राजधानीको ठमेल नर्सिङ्ग चोकम अत्याधुनिक फेमिली रेष्टुरेन्ट (जोमो लाउञ्ज एण्ड बार) सञ्चालनमा आउन लागेको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक राजकुमार लामाले बताए ।

राजधानीको अति ब्यस्त ठमेलमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको जोमो लाउञ्जमा आबद्ध भएकी मोडेल निर्मला तामाङ्गले बताउनु भयो । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक सुमन लामाले भने ।

रेष्टुरेन्ट विहान ८ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । त्यसपछि पनि लेट नाइट पार्टी हुने छ,।बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कुनै पनि ईभेन्त गेटटुगेदर सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु गर्न सकिने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्का सञ्चालक सागर लामाले बताए ।

‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने जोमो लाउन्जको योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक दिपक श्रेष्ठले बताए ।

अहिले रेष्टुरेन्ट संचालनमा आए पनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमूना स्वरुपमा तयार गरिएको जोमो लाउञ्जमा झण्डै ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here