गायक/ संगीतकार जितेन बान्तवाको ( क्षितिज पारी डाँडा) गीतको भिडियो : यहि शुक्रबार सार्वजनिक हुने ।

0
1308

बैशाख २५ काठमाण्डौ । समाजसेवी गायक/ संगीतकार जितेन बान्तवाको ( क्षितिज पारी डाँडा) गीतको भिडियो यहि शुक्रबार सार्वजनिक हुने भएको छ । केहि समय बाट नेपाली गीत संगीत क्षेत्रमा शंघर्ष गर्दै आएका गायक जितेन बान्तवा गीत गाउनुको अलावा गीतलाई संगीत पनि एकदम राम्रो गर्दछन् । गायक बान्तवा चर्चित गायकका गीतहरु पनि मेला महोत्सवमा गाउने गर्दछन् । अहिले उनले मेलोडी नेपालको प्रस्तुतिमा आफ्नो शब्द, संगीत, स्वरमा (क्षितिज पारी डाँडा ) बोलको गीत भिडियो सहित सार्वजनिक गर्न लागेका हुन् । गायक बान्तवा सांगीतिक क्षेत्रमा एक आशा बोकेका गायक संगीतकार भन्दा फरक पर्दैन । उनको सार्वजनिक हुन लागेको (क्षितिज पारी डाँडा) बोलको गीतलाई संगीत संयोजन गायक संगीतकार पुस्कर सुनुवारले गर्नु भएको छ भने ,उक्त गीतको भिडियोलाई केशब बिश्वकर्माले छायांकन गर्नु भएको छ भने, मोहन सुनुवारले सम्पादन गर्नु भएको छ । उक्त गीतको भिडियो सन्ध्या टिभीको यूट्युब च्यानल बाट हेर्न सकिन्छ। त्यसै गरी गीतको रेकोर्डिंग कार्य प्रदिप लामाले गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here