दिपकराज गिरीको ८० लाखको नया गाडी : गाडीको प्रश्नले दिपकलाइ रिस उठ्यो |

0
527

बैशाख २६ काठमाण्डौ । हास्यकलाकार दिपकराज गिरीले टाटा कम्पनीको हेक्जा कार किनेपछि, विभिन्न संचार माध्यम मा दिपकराज गिरीको चर्चा परी चर्चा संगै शंका उप शंका पनि भईरहेको छ । र यो गाडी किने संगै उनि नेपालमा सबै भन्दा महँगो महंगो गाडी चढ्ने कलाकार मा परेका छन् ।
दिपकले किनेको गाडी करिब ८० लाख मूल्य बराबरको रहेको छ ।,
कम्पनीको ब्रान्ड एम्बेस्डर भएकाले उक्त गाडी उनलाई छुटमा दीएको बुझिएको छ । टाटा कम्पनीमा दिपक दुई वर्षका लागि जोडिएका छन् । तर उक्त गाडी दिपक राज गिरीले कतिमा खरीद गरे त्यो भने पत्ता लाग्न सकेको छैन ।

तर, बुझिए अनुसार यो चर्चा परी चर्चा दिपक स्वय्मलाई मन परेको छैन ।कलाकार चढ्ने गाडीको विषयमा न्यूज बनाइरहनु आवश्यक नभएको उनी बताउँछन् । सञ्चारमाध्यमबाट बारम्बार फोन गरेर गाडीकै विषयमा प्रश्न सोध्न थालिएपछि दिक्क लागेको उनले कति कति बेला रिस उठेको र धेरै पटक आफुले फोन नउठाएको बताए । सबै चिनेजानेका व्यक्तिहरुले पनि बधाई दिइरहेका छन् उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here