सदाबहार गायक रुपक डोटेलको “ हे माईली लाहुरेले माया मार्यो नभन “गीत सार्बजनिक : भिडियो सहित ।

0
1983

।बैशाख २६ काठमाण्डौ |चर्चित गायक डोटेलले आफ्ना फ्यान तथा नेपाली गीत संगीत प्रेमीहरुका लागि -“ हे माईली लाहुरेले माया मार्यो नभन “ बोलको गीतको भिडियो लिएर दर्शक स्रोतामाझ आएका छन् ,सद्बहार गायक रुपक डोटेल भन्छन, यो गीत २०६३ सालमानै गुरास एल्बममा समाबेस गरि श्रोताहरु माझ निकैनै लोकप्रियता हासील गरिसकेको थियो , त्यसैले उक्त गीतलाई अहिले गीतिको भिडियो सहित दर्शक श्रोता माझ नौलो र नया खुराकको रुपमा ल्याएको छु, आशा छ दर्शक श्रोताहरुले पहिला जस्तै मनपराइ दिनुहुनेछ ।

गीतको सब्द भिम थापाको ,संगीत सुरेश अधिकारी ,र स्वर रुपक डोटेलको रहेको छ । भिडियोमा बाल कलाकार को रुपमा गौरव के.सी ,आधिक्षा पाहारी मुख्य कलाकारको रुपमा सुरेश के.सी ,दिया पाहारी को अभिनय रहेको छ । म्युजिक भिडियोलाई क्यामेरामा कैद गर्नेकाम शुबाश सुबेदीले गरेका छन् भने हे माईली लाई नेत्र गुरुङले सम्पादन गरेकाछन् । यस भिडियोलाई कलाकार सुरेश के.सी को डिरेक्सन रहेको छ । भिडियोलाई बुढासुब्बा डिजिटल को युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here