बैशाख २६ काठमाण्डौ । नेपाली फिल्ममा बलिउडको प्रभाव ठुलै छ । नेपाली फिल्म मेकरहरुले हिन्दी फिल्म हरुको कथा चोरेको आरोप खेपिरहेका हुन्छन् । पछिल्लो केही वर्ष यता यस्तो आरोपमा कमी आएको थियो । तर केही समय अघि प्रदर्शन भएको ‘कोहलपुर एक्सप्रेस’ले बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप लागेको थियो । फिल्म हलमा प्रदर्शन भएरहेको छ । कोहलपुर एक्सप्रेस र मुम्बई एक्सप्रेसमा फिल्मका पात्र बाहेक केही भिन्नता देखिएको छैन । तर यति बेला मुम्बई एक्सप्रेसकै कपि गरेर अर्को फिल्म ट्रेलर सार्वजनिक भएको छ । झमकबहादुर नाम गरेको फिल्मको ट्रेलर सोमबार राजधानीमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको थियो । फिल्मको ट्रेलर हेर्दा लाग्छ यो मुम्बई एक्सप्रेसको अनुवादित नेपाली फिल्म हो । फिल्ममा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, राजन महर्जन लगायतका कलाकारको अभिनय रहेको छ । भोमान कटुवालले निर्देशन गरेको फिल्मलाई मीन कुमार तामांगले निर्माण गरेका छन् । फिल्म साउन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
Latest article
गायक संगीतकार डी जे मेवाहाङ र गायिका मेलिना राई”को आवाजमा‘ साकेलाको बेला कल्चरल गीतको...
काठमाडौँ । गायक संगीतकार डी जे मेवाहाङ र गायिका मेलिना'को आवाजमा‘ साकेलाको बेला कल्चरल’गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित हाँस्य कलाकार...
यसरी घरमै सजिलो तरिकाले हटाउन सकिन्छ कपालको चाया
कपालमा चाया पर्नु आममानिसको एउटै समस्याजस्तै भएको छ।उक्त समस्याबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुनेगर्छन्। महिलाको कपाल लामो हुने भएकाले पुरुषको तुलनामा महिला बढी प्रभावित...
देउवालाई नेकपाका दुवै समूहको अफर : तपाईं प्रधानमन्त्री बन्नुपर्छ
प्रतिनिधिसभा विघटनपछि दुई समूह विभाजित भएको नेकपाले लागि सत्ता साझेदारी तथा सडक आन्दोलनमा समेत नेपाली कांग्रेसको खोजी गर्न थालेका छन्।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री...