गायक पुस्कर सुनुवार र गायिका मेनुका पौडेलको (आँखाको नानीमा) गीत सार्वजनिक : भिडियो सहित ।

0
2764

बैशाख २६ काठमाण्डौ । गायक तथा संगीतकार पुस्कर सुनुवार र गायिका मेनुका पौडेलको स्वरमा सजिएको बिल्कुलै नयाँ युगल गीत (आँखाको नानीमा) गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो पूर्ण प्रेम कथामा आधारित् रहेर बनाइएको भिडियोका निर्देशक एकान्त मगर बाताउँछन् ।

उक्त गीतलाई शंकर अधिकारी घायलले रचना गरेका हुन् भने , गीतलाई संगीत तथा संगीत संयोजन गायक / संगीतकार पुस्कर सुनुवार स्वयम् ले गरेका छन् ,गीतको भिडियोलाई निर्देशन, सम्पादन, तथा छायांकन एकान्त मगरले गरेका हुन् त्यसै गरी गीतको भिडियोमा शिरिष थापा र निशा लामाको प्रेममय अभिनय देख्न पाइन्छ ।

उक्त गीतलाई सन्ध्या म्युजिक प्रा लिले बजारमा ल्याएको छ ,गीतको भिडियोलाई सन्ध्या म्युजिकको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here