२७ वैशाख, बुटवल । यात्रुवाहक बस र मालवाहक गाडी दुर्घटना भएर बन्द भएको पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।
पश्चिमबाट राजधानी काठमाडौंंका लागि छुटेको लु १ ख ९७९५ नम्बरको बस र बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बा २ क ४६७५ नम्बरको ट्रक पुलको ठोक्किएर सडक ब्लक गरेपछि सवारी चल्न सकेका थिएनन् ।
दुर्घटनापछि पुगेको प्रहरीले बस र ट्रक हटाएपछि सडक खुलेको हो ।
दुर्घटनाबाट केहीबेर सवारी आवागमन प्रभावित भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।