साउदी अरेबियामा एक युवकको शंकास्पद मृत्यु ।

0
343

बैशाख २७ काठमाण्डौ । २७ वैशाख- कामको सिलसिलामा सप्तरीबाट साउदी अरेबिया पुगेका एक युवकको बेलुका सुतेका बेला मृत्यु भएको छ ,उनि बिहान उठेनन । उनको मंगलबार राति मृत्यु भएको छ । उनको कसरि, किन? मृत्यु भएको त्यो भने खुलेको छैन । प्रदेश गएका युवाहरुको मृत्यु हुने खबर धेरै आइरहेको हुन्छ । तर यसमा सम्बन्धित निकायको ध्यान किन जान सकेको छैन ? बिडम्बना छ ।

सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उदृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिएका छन् ।
उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here