पर्यटनको क्षेत्रमा पत्रकारीता मार्फत योगदान दिएकोमा : नेपाल पर्यटन बोर्ड क्यानाडाले (लक्ष्मि केसी)लाई सम्मान गर्ने ।

0
623

बैशाख २७ काठमाण्डौ । विगत ५ वर्ष देखी नेपालको प्रर्यटनको प्रचार प्रसारको लागी अहोरात्र घट्ने पत्रकार लक्ष्मि केसीलाई नेपाल प्रर्यटन वोर्ड क्यानडाले सम्मान गर्न भएको छ । क्यानडामा भई रहेको गतिबिधीलाई नेपालको पत्रपत्रिकामा छापेर नेपाली माझ प्रचार प्रसारमा ठुलो योगदान पुर्याएको भन्दै सम्मान गर्न लागीएको नेपाल प्रर्यटन बोर्ड क्यानडाले जनाएको छ ।
सन् २०१३ जनवरी ५ देखी सुरु गरेको नेपाल प्रर्यटन प्रर्वद्धन गर्ने यात्रामा अनवरत रुपले खटी समाचार दिई रहको भन्दै लक्ष्मी के सीको आगामी दिनहरुमा पनि सहयोगको अपेक्षाका साथमा सम्मान गर्न लागीएको क्यानडाका लागी नेपाल पर्यटन दुत एन बि टनडनले जानकारी दिनु भएको छ । साथै निकट भविष्यमा नेपाल प्रर्यटन बोर्ड क्यानडालाई समाचार सम्प्रेषण गरेर सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक लक्ष्मी के सी लाई राखेको पनि जानकारी गराउनु भयो ।
नेपाल प्रर्यटन बोर्डलाई आफ्नो कलम चलाएर सहयोगी भूमिका निर्वाह गरी रहेको भन्दै सम्मानीत हुने लक्ष्मी केसी लाई नेपाल प्रर्यटन बोर्ड क्यानडाले सम्मान सहित पुरस्कृत गर्ने घोषणा गरेको छ । स्रोत Meropati . com ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here