चर्चित गायक राजेश पायल राइले आफ्नी बहिनि संगको फोटोको गलत न्युज बनाएको भन्दै आक्रोशित भएका छन् ।

0
31883

काठमाडाैँ २७ बैशाख । गायक राजेश पायल राइले आफ्नी बहिनि संगको फोटो सामाजिक संजालमा सार्वजनिक गरे लगत्तै विभिन्न न्युज साइड हरुले सत्य तथ्य कुरा नबुझिकन गायक राजेस पायल राइले अन्तत :आफ्नी प्रेमिकालाई सार्वजनिक गरेका छन् भन्दै न्युज हालेकोमा चर्चित गायक राजेश पायल राइले आपत्ति जनाएका छन् ।

सत्य तथ्य नबुझिकन दाजु र बहिनीको पबित्र नातालाई प्रेमी र प्रेमिकाको दर्जा दिंदै न्युज लेखेकोमा त्यस्ता अनलाइन न्युज साइड हरुको बिरोध गरेका छन् । रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि बहिनि संगको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका थिए । तर विभिन्न न्युज साइड हरुले उनको त्यो फोटोलाई गलत न्युज बनाएर हाले|
त्यहि गलत न्युजलाई प्रतिकार गर्दै गायक राईले भनेका छन् कि,
सबैले गरेको कमेन्टमा रिप्लाई दिंदै( She is my sister ) लेखेको छु मैले, न्युज लेख्नु भन्दा आगाडी त्यो मेरो कमेन्ट नहेरी सत्य नबुझी यस्तो न्युज लेखेकोमा मा सार्है दुखि छु , उनि थपछन्, मलाइ भन्दा पनि संध्या बहिनीलाई कति अप्ठ्यारो पर्यो होला भन्दै त्यस्ता अनलाइनहरुको त्यो न्युजलाई हटाउन आग्रह गरेका छन् । यदि त्यो फेक न्युज नहटाएमा म आफ्नो कदम चाल्न बाध्य हुनेछु भन्छन, गायक राजेश पायल राइ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here