नरेन्द्र मोदीको स्वागतमा घर अगाडी कलश राख्न आग्रह गर्दै : प्रादेशिक सरकार ।

0
557

हाम्रो नेपालमा कस्तो बिडम्बना हो ,भारतीय प्रधानमंत्री आउँदा प्रदेश सफा हुने यदि भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीलाई ७५ जिल्ल्ला घुमाउने हो भने हाम्रो नेपाल सबै सफा हुन्थ्यो ।

के गर्ने हाम्रा देशका नेतालाइ भारको गुलामी गर्दै ठिक्कै छ । प्रादेशिक सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न घर अगाडि कलश राख्ने अपिल गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरेर मोदीको स्वागत गर्न आ–आफ्नो घर अगाडि सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको पूजाको कलश राख्न नगरबासीलाई अपिल गरेका छन् ।

यही वैशाख २८ गते जनकपुर आउने मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । उक्त दिन प्रादेशिक सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

नागरिक अभिनन्दनमा ५ लाख मानिस उतार्ने तयारी गरेको प्रदेश सरकारले ८ वटै जिल्लाका स्थानीय तहका प्रतिनिधिहरुलाई आ–आफ्नो क्षेत्र नगरबाट जनतालाई बसमा जनकपुर ल्याउने निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here