बैशाख ३१ काठमाण्डौ । हावा हुरी पानीका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । राति हावाहुरी र पानी परेपछि तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै सिद्धबाबा क्षेत्रमा ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।
पहिरोले बाटो अवरुद्ध भएपछि राति साढे २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन । बिहानैदेखि बाटो खुलाउने प्रयास भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
बिहानसम्म पनि ढुङ्गा खसिरहेकाले बाटो खुल्न केही समय लाग्ने उनले बताए । पहिरो खुलाउन पाल्पा र बुटवल दुबैतर्फबाट डोजर र एक्साभेटरको सहायताका लागि गएको बताइएको छ ।स्रोत (शिखर न्युज)