गायक कर्णराज गिरीको (भाइरल भयो रे गीत भाइरल हुँदै) भिडियो सहित ।

0
589

बैशाख ३१ काठमाण्डौ । पछिल्लो समय संगीतमा आफुलाई निखार्दै चर्चा कमाएका गायक हुन् कर्ण राज गिरी,गायक कर्णराज गिरी विभिन्न मेला महोत्सवमा अत्यधिक उपस्थित हुने गायक मध्ये पर्दछन् । आफ्नो गायकी र मिजासिला स्वभावका कारण गायक कर्णराज गीरी नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएका छन् । तिनै दर्शक स्रोतालाई मध्ये नजर गर्दै उलने दर्शक स्रोता माझ नयाँ रमाइलो गीत (‘भाइरल भयो रे)’ सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरे लगत्तै उक्त गीतले अत्यधिक स्रोता दर्शक को मनमा बस्न सफल भएकोमा गायक गिरी दङ्ग छन् । सार्वजनिक गीतमा स्वर र संगीत गायक स्वयम् कर्णकै रहेको छ भने, शब्द नारायण बस्नेतले दिएका छन् । कर्ण र नारायणको सहकार्य यस अघि ‘ह्याङ बनायौ’ मा भएको थियो । गीतको भिडियोमा माला लिम्बु र नयन डिसी फिचरीङ छन् ।

गीतमा मायालु जोडीको चल्ने चर्चालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।‘गीतलाइ मायाप्रेमकै वरपर रहेर छायांकन गरीएको बताउंदै भने,‘मेरा अघिल्ला गीत झैँ दर्शक तथा श्रोताले यस गीतलाइ रुचाउनु हुनेछ भन्ने विश्वास छ ,भन्छन् गायक कर्णराज गिरी ।
गीतमा आयुष अधिकारी र्यापर रहेका छन् । गीतमा सुर्य योन्जनको कोरियोग्राफी,विकास ज्ञवालीको सम्पादन,उत्सव दाहालको छायाँकन र नयनकै निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here