लोकप्रिय गायक/निर्देशक सशान कंडेल (हरे राम हरे कृष्ण) ,मार्फत आध्यात्मिक तर्फ:भिडियो सहित |

0
862

बैशाख ३१ काठमाण्डौ । गायक तथा म्युजिक भिडियो निर्देशक सशान कंडेलको बिल्कुलै फरक धारको भजनगित`हरेराम हरे कृष्ण´को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समय निर्देशक सशान कंडेल का अधिकांश म्युजिक भिडियो बाहिरिए र तिनी भिडियोहरुले एक पृथक छाप छोड्न सफल पनि भए।

त्यसैले दिनानु दिन गायक तथा निर्देशक सशान कंडेलको एक पछि अर्को गर्दै नयाँ नयाँ भिडियो आइरहेको छ ।पछिल्लो समयमा राम्रा राम्रा म्युजिक भिडियो बनाउने निर्देशक मध्ये पर्द छन् । अहिले भने गायक तथा निर्देशक सशान कंडेल बिल्कुलै फरक धारको हरे राम हरे कृष्ण भजनको भिडियो मार्फत आफ्नो निर्देशकीय पक्षलाइ बडो दिमागी तरिकाले प्रस्तुत गरेका छन् ।

गीतमा हिरालाल कंडेलको शब्द तथा संगीत रहेको छ भने गीतलाई सन्जय हमालले एरेन्ज गरेका छन । गीतको भिडियोलाई बुद्ध थापा र सुलभ अधिकारीले संयुक्त रुपमा मिलेर छायांकन गरेका छन भने गीतको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका हुन ।

वास्तविक जिवनको अर्थ अनि जीवन र जिवान्त सम्मको यात्रालाई एक कलात्मकरुपले भिडियोमा प्रस्तुत गरिएको छ भने यस कलात्मक भावलाई गीतको गायक समेत रहेका सशानले नै निर्देशन गरेका छन ।
भिडियोमा कलाकारहरू भेसराज गौतम, स्वस्तिका ढकाल, सन्कर कोइराला आदिले निकै उत्कृष्ट गीतको भावलाई दर्शाउने गरि अभिनय गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here