किशोर भण्डारी निर्देशित नेपाली फिल्म (चङगा) को ट्रेलर लन्च सम्पन्न आज ।

0
290

बैशाख ३१ काठमाण्डौ । आज राइजिङ मलमा एक कार्यक्रम बीच नेपालि फिल्म चंगाको ट्रेलर लन्च गरिएको छ । उक्त कार्यक्रममा फिल्म चङगाका कलाकारहरु.बुद्धि तामाङ ,कमल मणि नेपाल ,अंकित खड्का ,लक्ष्मी बर्देवा ,रेश्मा तिमिल्सिना ,प्रेम बर्षा खड्का ,जीवन भट्टराई ,राजन खतिवडा ,लकि भण्डारीको उपस्थिति सहित विभिन्न मिडिया कर्मीको बिचमा फिल्म चङगाको ट्रेलर लन्च गरियो । कार्यक्रममा बोल्दै यस फिल्मका राईटर तथा निर्देशक किशोर भण्डारीले यो चङगा फिल्म टिपिकल गाउँले पारामा बनेको मनोरन्जनात्मक फिल्म हो भन्नु भयो । यस फिल्ममा संगीत राजनराज सिवाकोटी र कमल खत्रीको रहेको छ भने ,गायकी राजनराज सिवाकोटीको र अन्जु पन्तको रहेको छ ,गीतको शब्द राजेन्द्र थापाको रहेको छ ,तथा संगीत संयोजन शैलेन्द्र प्रधान बाबुले गरेका छन् । यस फिल्म को (कम्पनि माला) बोलको गीतले अत्यधिक चर्चा कमाइ सकेको छ ,अब फिल्मले कत्तिको चर्चा कामाउँछ ,त्यो जेष्ठ २५ गते चङगा उढाए पछि थाहा हुनेछ । यस फिल्मको ट्रेलर हेरिसके पछी अहिलेका जल्दाबल्दा होनहार प्रतिभावान कलाकार अंकीत खड्काले आफ्नो भूमिकालाई बलियो न्याय दिएका छन् । थिएटर घर हुदै नेपाली फिल्म घामपानी ,हुर्रे ,र अहिले हलमा लागिरहेको डमरुको डण्डीबियो ले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । एक पछी अर्को फिल्म गर्दै आफुलाई अब्बल बनाएका अंकीत खड्का अहिले निकै ब्यस्त छन् । उनले जस्तो सुकै भूमिकालाई पनि सजिलै न्याय गर्न सक्ने क्षमता उनमा छ साथमा लक्ष्मी बर्देवाले पनि त्यत्तिकै सपोर्ट दिएकी छिन । यस फिल्माका सबै पात्रले आफ्नो अभिनयलाई न्याय दिएको भन्दै निर्देशक किशोर भण्डारीले नेपाली फिल्म प्रेमीहरुलाई जेष्ठ २५ गते सम्म प्रतिक्षा गर्न आग्रह गरेका छन् \

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here