गायक भुवन सुप्तीहाङ राईको (ताप्ले जुङ’को पाथिभरा) गीत सार्वजनिक : भिडियो सहित ।

0
990

गायक संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ताप्लेजुङ’को पाथिभरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । निरन्तर सांगीतिक क्षेत्रमा आवद्ध भएका चर्चित गायक संगीतकार भुवन सुप्तिहाङ राईका राम्राराम्रा गीतहरु युट्युब मा हेर्न पनि सकिन्छ ।
धेरै बर्ष सांगीतिक क्षेत्रमा खर्चिएका गायक संगीतकार भुवन सुप्तिहाङ राई संगीतकारमा पनि स्थापित भएका गायक हुन् ।
आफ्नो संगीतमा पुराना गायक गायिका देखि नयाँ गायक गायिका हारुलाई गवाई सकेका गायक भुवन सुप्तिहाङ राईले संगीतलाई सरस्वति मान्दछन् ।

केहि समयको ग्याप पछि गायक राई अहिले नेपाली गीत संगीत प्रेमीहरुका लागि( ताप्ले जुङ’को पाथिभरा) गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् । उक्त गीतमा शब्द, संगीत, स्वर, गायक स्वयम् भुवन सुप्तिहाङ राईको रहेको छ ।

गीतलाई संगीत संयोजन रुद्र श्रेष्ठले गरेका छन् भने, गीतको भिडियोलाई समिर गुरुङले छायांकन गरेका छन् ,त्यसै गरी भिडियोलाई ललित सिंह साउदले सम्पादन गरेका छन् । यस गीतको भिडियोलाई परी सिने संगीत प्रालिले बजारमा ल्याएको छ । भिडियो गायक भुवन सुप्तिहाङ राइको आफ्नो युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here