बलिबुड फिल्म ‘शमशेरा’मा अभिनेत्री बाणी कपुरको हट अवतार : रणबिर कपुर संग रोमान्स गर्ने ।

0
538

जेष्ठ १ काठमाण्डौ । यसराज फिल्मसको ब्यानरमा बन्दै गरेको फिल्म ‘शमशेरा’मा रणवीर कपुर मुख्य भुमिकामा रहेका छन् ।
शमशेरा’को टिजर समेत सार्वजनिक भईसकेको छ । अहिले यस फिल्मको लिड अभिनेलाई पनि सार्वजनिक गरिएको छ ।
यो फिल्ममा अभिनेत्री वाणी कपुरलाई फाइनल गरिएको हो ।

अब यस फिल्ममा वाणी कपुरले अभिनेता रणवीर कपुरलाई साथ दिने भएकी छन् । फिल्ममा वाणी कपुर हुने भनिदै आएपछि आधिकारी रुपमा आज घोषणा गरिएको हो ।करण मल्होत्राले फिल्ममा वाणी कपुर फाइनल गरिएको घोषणा गर्दै भने, ‘फिल्ममा रणवीरकी हिरोइनको भुमिका वाणी कपुरले खेल्दैछन् । उनको भुमिका सफरमा महत्वपुर्ण सहयोगी हरेको छ । वाणीको भुमिकाको ग्राफ फिल्मको पृष्ठभुमिसँग जोडिएको छ ।’

यस फिल्ममा वाणीको भुमिका निकै उपयुक्त छ । उनी एक राम्री अभिनेत्री, डान्सर र निकै सुन्दरी छन् ।
यो फिल्ममा मुन्ना भाई दत्त भिलेनको भुमिकामा देखिने छन् । त्यस्तै यस फिल्ममा रणवीर कपुरलाई पुरै फरक अवतारमा देखिने बताइएको छ । यो फिल्मको सुटिङ २०१८ को अन्त्यतिर सुरु गरिनेछ भने २०१९ को मध्यतिर रिलिज गरिनेछ । स्रोत (जनता न्युज )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here